Logo

पूनरागमन जितसँगै बायर्न शीर्षस्थानमा यथावत, डर्टमन्ड पराजित



Spread the love

एजेन्सी। जर्मन बुन्डेस लिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जित निकाल्दा डर्टमुन्ड स्तब्ध भएको छ ।

बायर्नले भिएफबी स्टुटगार्टमाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकालेको हो । बायर्नको जितमा किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र डगलस कोस्टाले गोल गरे। भने घरेलु टोलीका टांगे कोउलीवालीले गरेको गोल सान्त्वना बन्यो ।

यो जितसँगै बायर्न ९ खेलबाट २२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा बोरुसिया डर्टमन्ड घरेलु मैदानमा एफसी कोल्नसँग २–१ ले स्तब्ध बनेको छ । डर्टमुन्डलाई स्तब्ध बनाउन कोल्नका इलयसले दुई गोल गरे ।

यो हारले डर्टमन्ड १८ अंक जोडेर तेस्रो स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्