Logo

अग्रता जोगाउन नसक्दा रोनाल्डोबिनाको युभेन्टस रोकियो बराबरीमा



Spread the love

एजेन्सी। इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा युभेन्टस बेनेभेन्टोको मैदानमा बराबरीमा रोकिएको छ । क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा युभेन्टसले अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको २१ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा गातानो लेतिजियाको गोलबाट बेनेभेन्टोले खेल बराबरीमा ल्यायो ।

खेल सकिएपछि फरवार्ड मोराटाले रेफ्रीलाई दुर्व्यवहार गरेपछि रातो कार्ड खाएका थिए ।

अपराजित रहेको युभेन्टसले १७ अंक जोड्दा बेनेभेन्टोको ९ खेलमा १० अंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्