Logo

सालक बिक्री गर्न हिड्दा पक्राउ परेका सशस्त्र प्रहरी उपराष्ट्रपति पुनका सवारी चालक



Spread the love

१४ मंसिर, काठमाडौं। चार दिन पहिले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालक बिक्री गर्न हिडेका दुई जना मध्ये पक्राउ परेका एकजना उपराष्ट्रपति नन्दबहादुर पुनका सवारी चालक रहेको पाइएको छ ।

पक्राउ परेका मध्ये ससस्त्र प्रहरीमा कार्यरत भिमबहादुर मगर उपराष्ट्रपति पुनको वाहालवाला सवारी चालक भएको डिभिजन वन कार्यालयका एक कर्मचारीले जानकारी दिए ।

यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सवारी चालकका रुपमा कार्यरत रहेको बताइएको छ ।

उनीहरूबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भीमबहादुर थापाको सवारी चालक अनुमतिपत्र तथा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्