१३ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ३ सय ८० जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता १ हजार ३ सय ८० जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ४८९, ललितपुरमा १२४, कास्कीमा ११८, झापामा ६७, सुनसरीमा ५९, रुपन्देहीमा ५८, मोरङमा ४१, बाँकेमा ३७, भक्तपुरमा ३६, लमजुङमा २४, तनहुँमा २२, बागलुङ र काभ्रेमा १९/१९, नुवाकोट १८, स्याङ्जा र नवलपरासी पश्चिममा १७/१७, धादिङ, मकवानपुर र पाल्पामा १५/१५, बर्दिया, चितवन, गोरखा र कपिलवस्तुमा १३/१३, धनुषा ११, दोलखा र सिराहमा ९/९ जना, गुल्मीमा ८, सप्तरीमा ७, ओखलढुंगा, रामेछाप र सर्लाहीमा ६/६, सिन्धुपाल्चोक र पाँचथरमा ५/५, दाङ, अछाम र डडेल्धुरामा ४/४, प्युठान, म्याग्दी, धनकुटा र भोजपुरमा ३/३, पर्वत, पुस्ताङ, अर्घाखाँची, इलाम, उदयपुर, सिन्धुली र खोटाङमा २/२ , ताप्लेजुङ, थेह्रथुम, संखुवासभा, पर्सा, बारा, महोत्तरी, रौतहट, नवलपरासी पूर्व, रोल्पा र दैलेखमा एक/एकजनामा संक्रमण देखिएको
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ।हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टिनमा छन्।