Logo

सुन किन्ने सोँचमा हुनुहुन्छ ? यस्तो छ आजको सुनचाँदीको बजार भाउ



Spread the love

 

१२ मङ्सिर, काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज सुनको मूल्य २ सयले घटेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९० हजार ८ सय रुपैयाँले कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्