१२ मंसिर,गुल्मी। गुल्मीमा डोजरले बाटो खन्ने क्रममा लागेको ढुङ्गाले एक जना महिलाको ज्यान गएको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीनका अन्दाजी ३६ वर्षीया श्यामकला मुखियाको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष विष्णु बहादुर थापाले जानकारी दिए ।
माथी डोजरले बाटो खन्दै गरेको र तल मुखियाले घास काट्नदै गरेको अबस्थामा ढुङ्गाले लागेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्