Logo

गुल्मी इस्मा जिप दुर्घटना पुरा अपडेट पाँच जनाले ज्यान गुमाए ,चार घाइते



Spread the love

१२ मंसिर,गुल्मी। गुल्मी इस्मा गाउँपालिका चार हुलमा जिप दुर्घटना हुदा पाँच जनाले ज्यान गुमाएका छन ।

सदरमुकाम तम्घासको लागी छुटेको लु १ ज ११६६ नम्बरको जिप हुलको देविस्थान माध्यमिक विद्यालय नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा सोहि वडाका वर्ष ६५ का डमर बहादुर हिताङ, वर्ष ३० का बसन्त दर्लामी , नेपाली सेनमा कार्यारत वर्ष ३३ का शिव दर्लामी , नेपाली सेनामै कार्यरत वर्ष ३३ का धन बहादुर असामी र मालिका गाउँपालिका पाचका सुन्दरी थापाको मृत्यु भएको वडा अध्यक्ष गङु प्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै घाईते हुनेहरुमा वर्ष २८ की सरस्वती दर्लामी , वर्ष १९ का परशुराम थापा, चालक वर्ष २४ का बुद्ध बस्नेत र सहचालक वर्ष २३ का कमल हिताङ रहेका छन । घाइते मध्ये पर्शुराम थापाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको छ ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जिप सडक बाट करिब ४०० मिटर तल खसेको बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्