Logo

आज १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

११ मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार ४९१ ० जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ६ सय ६४ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

२४ घण्टा यता १ हजार ६ सय ६४ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ६२०, मोरङमा १५३, ललितपुरमा ११४, झापामा ७६, चितवन र दाङमा ५२/५२, भक्तपुर र नवलपरासी पूर्वमा ५१/५१, सुनसरीमा ४५, रुपन्देहीमा ४१, कास्कीमा ४०, बाँकेमा २३, कैलालीमा २८, बझाङमा १९, मकवानपुरमा १७, काभ्रेमा १५, कञ्चनपुरमा १४, तनहुँ, अर्घाखाँची र पाल्पामा ११/११, बर्दियामा १०, सिन्धुपाल्चोकमा ९, गोरखा र स्याङ्जामा ८/८,सप्तरी, धादिङ, गुल्मी, नवलपरासी र रोल्पामा ७/७, उदयपुर, बाग्लुङ र डडेल्धुरामा ६/६, धनकुटा, धनुषा, सर्लाही, रामेछाप र सुर्खेतमा ५/५, महोत्तरी, सिराहा, दोलखा, नुवाकोट, सिन्धुली, दैलेख र सल्यानमा ४/४, पाँचथर, भोजपुर, बारा र प्युठानमा ३/३, इलाम, खोटाङ र संखुवासभामा २/२, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रौतहट, रसुवा, पर्वत, कपिलवस्तु, जुम्ला, रुकुमपश्चिम, अछाम र बैतडीमा १/१ जनामा कोरोना भाइरस संत्रमण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ ।नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्