Logo

कोरोना संक्रमणबाट मोरङमा थप दुई जनाको मृत्यु



Spread the love

११ मंसिर, मोरङ । कोरोना संक्रमणबाट मोरङमा थप दुईजना मृत्यु भएको छ ।

रतुवामाई नगरपालिका–८ का कोरोना संक्रमित ८० वर्षीय वृद्धको बुधबार राति होम आइसोलेसनमा ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर १ गते रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

त्यस्तै, बिहिबार बिहान लेटाङ नगरपालिका–२ का ७० वर्षीय वृद्धको नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने र ज्वरो आउने समस्या मृतकमा थियो ।

प्रतिक्रिया दिनुहोस्