११ मंसिर, काठमाडौं। झन्डै एक वर्ष लामो संवादहीनता लाई चिर्दै भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङला नेपालको दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । परराष्ट्रसचिव भरतराज पौडेलेको निमन्त्रणमा उनी आज विहान काठमाडौं आएका हुन् ।
भ्रमणको पहिलो दिन दुई सचिवबीच द्विपक्षीय वार्ता हुनुका साथै सहयोगका विविध क्षेत्रबारे छलफल हुनेछ ।
विदेश सचिवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतसँग भेट गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्