एजेन्सी। विश्व फुटबलकै महान हस्ती अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनाको निधनसँगै अर्जेन्टिनी सरकारले तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।
बुधबार राष्ट्रपति अल्बर्टो फर्नान्डेजले हृदयघातका कारण ज्यान गुमाएका म्याराडोनाप्रति दुख र शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय दिन शोक घोषणा गरेका हुन् ।
म्याराडोनाको अन्तिम संस्कारअघि राष्ट्रपतिको मुख्यालयमा राज्यस्तरबाट नै श्रद्दान्जली सभा गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्