काठमाडौं। राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षणमा सहभागी नभएका देब्रे हाते स्पिनर बसन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य समस्या देखिएपछि गृहनगर भैरहवामा उनले गत साता कोरोना परिक्षण गराएका थिए जसको रिपोर्ट पोजेटिभ आएको थियो।
उनि हाल भैरहवामै सेल्फ आइसोलेसनमा बसीरहेका छन्। उनको परिवारको सदस्यमा समेत कोरोना देखिएको थियो।
यस अघि मंगलबार राष्ट्रिय टिमका अन्य ३ सदस्य कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो।
प्रतिक्रिया दिनुहोस्