Logo

त्रिशुली नदिमा खसेको जिपबाट दुई जनाको शव निकालियो



Spread the love

११ मंसिर, काठमाडौं। त्रिशुली नदिमा खसेको जिपबाट दुई जनाको शव निकालिएको छ।गोताखोर टोली परिचालन गरी शव निकालिएको हो।

गाडीबाट चालक प्युठानको झिम्रुक गाउँपालिका–१ का २३ वर्षीय सूर्य केसी र एक महिलाको शव निकालिएको सशस्त्र प्रहरी जनाएको छ।

भ्यानमा रहेका प्युठानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का नदीमा पौडी खेलेर बाहिर निस्किएका थिए भने एक जना अझै बेपत्ता छन् ।

प्यूठानबाट काठमाडौं आउँदै गरेको लु एक च ९७३१ नम्बरको जीप आज बिहान चितवनको इच्छाकामना गाँउपालिका पाँचबाट त्रिशूलीमा खसेको थियो। छोरीको उपचारका लागि रोका दम्पत्ती काठमाडौं आउदै गर्दा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्