Logo

१० खेलाडीमा समेटिएको इन्टर मिलान रियल म्याड्रिडसँग पराजित



Spread the love

एजेन्सी। रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई हराएको छ । इन्टरको मैदानमा रियल म्याड्रिडले २-० को जित निकालेको हो ।

रियलले खेलको सातौं मिनेटमा नै इडेन हाजार्डको पेनाल्टी गोलमा अग्रता लिएको थियो ।

३३ औं मिनेटमा आर्टुरो भिडालले रातो कार्ड प्राप्त गरेपछि इन्टर मिलान १० खेलाडीमा समेटियो ।

दोस्रो हाफको ५९ औं मिनेटमा रियलका लागि रोड्रीगोले दोस्रो गोल गरे ।

समूहकै अर्को खेलमा बोरुसिया मोन्चेन ग्लाडबाकले शाख्तर डोनेस्कमाथि ४-० को फराकिलो जित दर्ता गर्यो ।

रियल म्याड्रिड ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा छ भने इन्टर मिलान २ अंकसहित पुछारमा रहेपनि अर्को चरणमा छनोट हुने झिनो सम्भावना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्