Logo

डिएगो म्याराडोनाको मृत्यु



Spread the love

१० मंसिर, एजेन्सी । अर्जेन्टिनाका सर्वकालीन् महान फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको छ । विश्व फुटबलकै सफल खेलाडी मध्ये एक म्याराडोनाको ६० वर्षको उमेरमा मृत्यु भएको हो ।

अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा रहेको घरमा नै हृदयघातका कारण म्याराडोनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ ।

नोभेम्बर महिनाको सुरूवाती दिनमा उनको मस्तिष्कको सफल सल्यक्रिया भएको थियो ।

सन् १९८६ मा अर्जेन्टिनाले फिफा विश्वकप जित्दा म्याराडोना अर्जेन्टिनाको कप्तान थिए । सोही विश्वकपमा म्याराडोनाले हातले गरेको गोल विश्वभर चर्चित छ ।

उनले खेल जीवनमा स्पेन र इटालीको क्लबबाट पनि व्यसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्