Logo

राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उपकप्तानसहित ४ जनामा कोरोना संक्रमण पुष्टि



Spread the love

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टोलीका चार सदस्यमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरि, रोहित पौडेल र चालक प्रदीप लामा गरि कुल चार जनालाई कोरोना संक्रमण पुष्टि भएको क्यानले जनाएको छ ।

क्यानले मंगलबार टीयू मैदानमा बन्द प्रशिक्षणमा बोलाएका २२ खेलाडी मध्य १६ खेलाडी, प्रशिक्षक टमटा, फिटनेस ट्रेनर लगायत १३ जना मैदानका स्टाफको पिसिआर परिक्षण गरेको थियो ।

त्यस्तै, क्यानले यी चार जनामा कोरोना देखिएसँगै थप पाँच जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको छ।

क्यानले युवा ओपनर रितसँगै अर्का अनिलकुमार शाह, ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीब्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा थप्ने निर्णय लिएको छ ।

प्रतिक्रिया दिनुहोस्