१० मंसिर, काठमाडौं । देशभरका प्रयोगशालामा ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा शनिबार थप १ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता १ हजार ९ सय ४८ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौंका ६३५ जना, ललितपुरका ११३ र भक्तपुरका ८७, झापाका १९३ जना, कास्कीका ९०, चितवनका ८२, मोरङका ७२, सुनसरीका ५३, दाङका ५१, धनुषाका ४८, रुपन्देहीका ४७, मकवानपुरका ३७, काभ्रेका ३१, गुल्मीका ३०, संखुवासभाका २८, पाल्पाका २५, सिराहाका २०, इलाम र नवलपुरका १९/१९ जना, नवलपरासी र बाँकेका १७/१७ जना, तनहुँका १५, गोरखाका १४, महोत्तरी, स्याङ्जा, दार्चुला र बैतडीका १३/१३ जना, बाग्लुङका १२ र सप्तरीका १०, उदयपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङ, कपिलवस्तु र प्युठानका ८/८ जना, पाँचथरका ७, पर्वत र डडेलधुराका ६/६ जना, नुवाकोटका ५, दोलखा, सिन्धुली, अर्घाखाँची, बर्दिया र बाजुराका ४/४ जना, भोजपुर, पर्सा, बारा, रौतहट, धादिङ, रामेछाप, म्याग्दी, रोल्पा र कैलालीका ३/३ जना, खोटाङ, तेह्रथुम, जुम्ला, अछाम र डोटीका २/२ जना तथा ओखलढुंगा, धनकुटा, रसुवा र कञ्चनपुरका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् ।