Logo

बिल गेट्सलाई उछिन्दै टेस्ला कम्पनीका एलन बने विश्वकै दोस्रो धनी ब्यक्ति



Spread the love

एजेन्सी । मंगलबार माइक्रोसफ्टका बिल गेट्सलाई हराउदै टेस्ला कम्पनीका मालिक एलन मस्क दोश्रो धनाढ्य बन्न सफल भएका छन्।

‘द गार्डियन’ का अनुसार, ४९ वर्षीय मस्कको सम्पत्ति, टेस्लाको सेयरमा भएको ठूलो वृद्धिपश्चात् ७.२. अर्ब डलरबाट बढेर १२७.९ अर्ब डलर पुगेको हो ।

ब्लुमबर्ग इन्डेक्सको आठ वर्षको इतिहासमा यो दोस्रोपटक बिल गेट्स दोस्रो स्थानबाट तल झरेका हुन् ।

गेट्सको कुल सम्पत्ति १२७.७ अर्ब डलर छ जुन वास्तवमा अझै बढी हुने थियो तर उनी लगातार विभिन्‍न च्यारिटीका कार्यक्रममा सहभागी भइ दान गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्