Logo

प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेलाई सहिद घोषणा गर्न माग



Spread the love

१० मंसिर, बर्दिबास। ६ वर्षीय बालिकाको हत्यारालाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा प्रहरीको गोली लागेर ज्यान गुमाएका संजय न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने माग गरिएको छ । बर्दिबासका सर्वपक्षीय बैठकले यस्तो माग गरेको हो ।

बर्दिबास सेवा समितिले आयोजना गरेको सर्वपक्षीय बैठकले आन्दोलनका घाइतेलाई उपचार तथा क्षतिपूर्ती दिनुपर्ने, आन्दोलनमा गोली चलाउन निर्देशन दिनेलाई तुरुन्त निलम्बन गरेर बर्खास्त गर्नुपर्ने, बालिकाको हत्यारालाई कडा कारवाही हुनुपर्ने माग अघि सारेको हो ।

उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका संजयको शव आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया दिनुहोस्