Logo

युभेन्टसको पुनरागमन जित, नेयमारको पेनाल्टीमा पीएसजी विजयी



Spread the love

एजेन्सी। युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति समूह जीको खेलमा फेरेन्कभारोसलाई २-१ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ ।

खेलको १९ औं मिनेटमा पाहुना टोली फेरेन्कभारोसले अग्रता बनायो । ३५ औं मिनेटमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोको गोलमा बराबरी गर्यो ।

रोनाल्डोले उक्त गोलसंगै घरेलु मैदानमा ७० गोल गर्ने मेसीको कीर्तिमान बराबरी गरेका छन् ।

यस्तै यन्जुरी टाइममा अल्भारो मोराटाले गोल गरेपछि युभेन्ट्सले २-१ को जित हात पारेको हो ।

जितपछि समूहमा तेस्रो जित हात पारेको युभेन्ट्स ४ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा छ ।

च्याम्पियन्स लिगको अर्को खेलमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनले आरबी लाइप्जिगलाई १-० ले पराजित गरेको छ ।

खेलको ११ औं मिनेटमा नेयमारले पेनाल्टीमा गरेको गोल नै निर्णायक सावित भयो । पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

पीएसजीले भने यस जितसँगै अंक तालिकामा लाइप्जिगलाई उछिन्न सफल रहयो ।

प्रतिक्रिया दिनुहोस्