Logo

मेस्सीबिना उत्रिएको बार्सिलोना जितसँगै नकआउट चरणमा



Spread the love

एजेन्सी। यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार भएको डिनामो किएभको मैदानमा ४-० को फराकिलो जित निकालेको छ ।

दोस्रो हाफको ५२ औं मिनेटमा ब्रेथवेटको पासमा डेस्टले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसको ५ मिनेटपछि नै डेब्यु गरिरहेका डिफेन्डर ओस्कार मिन्गुएजाको पासमा ब्रेथवेटले अग्रता दोब्बर पारे ।

७० औं मिनेटमा ब्रेथवेटले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ उन्मुख गराएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै सानदार जित पक्का गरे । उनले जोर्डी अल्बाको पासमा गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले नकआउट चरणमा स्थान पक्का गरेको छ । ४ खेलमा ४ जितसहित १२ अंक जोडेको बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्