काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान पारस खड्का ‘दशककै उत्कृष्ट एसोसीएट राष्ट्रको खेलाडी’ अवार्डको मनोनयनमा परेका छन्।
आईसीसीले मंगलबार २०१० देखि २०२० सम्म उत्कृष्ट प्रदर्शन गर्ने क्रिकेटरहरुलाई ‘अवार्ड अफ दि डिकेड’ प्रदान गर्न लागेको हो।
उत्कृष्ट खेलाडीको चयन अनलाइन भोटिंगबाट हुनेछ।
सन् २००९ देखि २०१९ सम्म १० बर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेका पारसले नेपालको लागि कुल १० वटा एकदिवसीय र ३३ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका छन्।
प्रतिक्रिया दिनुहोस्