“बहुत अकड है रे तोरेमे । बहुत जोड है । अरे भरम है भरम है ।“
१२ वर्ष अफ रिजेक्सन !
जब उनि संघर्षशिल अवस्थामा थिए । त्यतिबेला आमाको भनाई सम्झन्थे, “१२ वर्षमे कचरेके दिन भि बदलजाते हे । तु तो ईन्सान हे ! तेरा भि दिन आएगा ” त्यतिबेला उनि आफैले आफुलाई भन्थे भक्कर सात वर्ष त भए है, अझै पाँच वर्ष बाँकि छदै छ नि ।“
र नभन्दै १२ वर्ष लाग्यो, बलिउडमा प्रमाणित गर्न कि एक्टिङको उनको आफ्नो छुट्टै बेजोड धार छ भनेर ।
संघर्षको दौरान उनले पाउने फिल्ममा पिटाई खाने रोलहरु निकै खेलेका थिए । त्यो देखेर उनि गाँउ गएका बेला उनका बाबु निकै रिसाउने गर्थे । र भन्थे “मार खान्छस यहाँ आईहाल्छस,लाज लाग्दैन, त्यतिबेला आउनु जतिबेला त अरुलाई पिट्नेछस ।“ र गाँउको माहोल नै त्यस्तो । जसले जति पिट्यो उति मर्द ! र त्यस्तो धारणा राख्ने समाजमा बाउको जवाफ नै के हुन्थ्यो र! र उनलाई निकै नमजा लाग्थ्यो । त्यतिबेला उनले ठानिसकेका थिए अब देखि जबसम्म कुनै रोलमा कसैलाई पिट्दिन गाँउ नै फर्कन्न । र जब ग्याङ्स अफ वासेपुर मिल्यो तब उनि गाँउ फर्कदा सबैले भने, ”अब आया ना शेरका बच्चा” । उनको गाँउका मानिसहरुमा फिल्मलाई हेर्ने दृष्टिकोण नै “हिरो त्यहि हो जसले अरुलाई पिट्छ” भन्ने थियो।
राईज अफ नवाजुद्दिन सिद्दिकी !!
जतिबेला “ग्याङस अफ वासेपुर” र “मिस लभ्ली” कान्स फिल्म फेस्टिभलमा पुगे । त्यतिबेला उनलाई हतार थियो एक दुई दिनमै कान्स जानको लागि । त्यसको लागि सुट आवश्यक थियो । तर कुनै फेसन डिजाईनरले पत्याएनन् । उनि कान्स जाँदै छन भनेर । र पछि आफुले सिलाउने गरेको पुरानै टेलर कहाँ गएर उनले कामचलाउ सुट सिलाए । र त्यहि लगाएर उनि कान्स पुगे ।
“बल्याक फ्राईडे”मा पलाएको नवाजको आशा “ग्याङस अफ वासेपुर” सम्म आईपुग्दा हकिकत भइसकेको थियो । ‘कहानी’, ‘तलास’, ‘मिस लभ्ली’, ‘लन्च बक्स’ हुदैँ ‘बजरंगी भाईजान’ सम्म आईपुग्दा नवाज स्टार भईसकेका थिए । त्यस दौरान उनले ‘रमन राघव २.0’, ‘किक’, ‘बद्लापुर’, ‘माझी दि माउन्टेन मेन’ जस्ता नोटिसेवल फिल्म पनि खेले । पछि उनलाई एमी ज्याक्सनसंग रोमान्स गर्दे “फ्रिकी अली” मा पनि दर्शकले देख्न पाए । अमिताभ बच्चन, आमिर खान, सलमान खान, शाहरुख खान जस्ता एक्टरसँग काम गरिसकेका नवाज अहिले आफ्नो सफलताको आसमानमा पुगिसकेका छन ।
समयसँग बापका…दादाका…भाईका… सबका बद्ला लगे नवाजले !
शाहरुखसँग रईस फिल्ममा काम गर्दा, शाहरुखले उनलाई सेटमा भनेका थिए ,”तपाईको क्यारेक्टर मेरो भन्दा मथिल्लो दर्जाको छ । त्यसैले म त्यसलाई सम्मान गर्नेछु । तपाई आफ्नै तरिकाले त्यो रोल निभाउनुहोस । म कुनै हस्तक्षेप गर्दिन ।“ शाहरुख खान पनि थियटर ब्याक ग्राउण्डबाट थिए । त्यसैले नवाजको क्यालिबरलाई मजै बुझ्न सक्थे । नवाजको सम्मानप्रति बोलिएको कुरा थियो यो । “तिन”मा सँगै काम गरेका अमिताभ बच्चनले पनि उनको तारिफ गर्दै भनेका थिए, “नवाज जस्ता एक्टरसँग मैले खेल्न पाउनु गजबको मौका हो ।“
मेथड अफ एक्टिङ / क्यारेक्टर सेलेक्सन
रमन राघवमा नवाजको “साईको” पर्सानालिटीका रुपमा देखा पर्छन, जसले केहि नसोचेर कसैलाई पनि मार्न हिच्किचाउदैन । त्यसका लागि नवाज लुनावलाको कुनै होटेलमा पुग्छन । केहि दिनका लागि आफुलाई एक्लो राख्छन र क्यारेक्टरमा घुस्छन । र त्यहि मुडमा उनि सुटिङ स्थलमा पुग्छन । पछि सुटिङ पछि उनलाई आफ्नो रियल लाईफमा फर्कन अलि गार्हो चाँहि पर्छ । त्यतिबेला उनि गाँउतिर जान्छन, आफ्नो मान्छेहरुसँग बस्छन, ताकि पुर्वावस्थामा फर्कन सकियोस ।“ उनको भनाई अनुसार,”कुनै क्यारेक्टरबाट कलाकारले केहि लिन्छ भने क्यारेक्टरले पनि व्यक्तिगत जिवनबाट केहि लिएरै जान्छ ।
नवाजलाई परम्परागत हिरो टाईपको क्यारेक्टर कहिल्यै मन परेन । परम्परागत हिरो जो सर्वगुण सम्पन्न हुन्छ । जसमा संसारका सबै गुण हुन्छन । जो पर्फेक्ट हुन्छ । किनभने उनलाई लाग्दैन संसारमा कोही त्यस्तो पुर्ण, सम्पन्न मान्छे हुन्छ । सबै मान्छेमा सबै प्रकारका चरित्र हुन्छन । केहि देखिन्छन, केहि देखाउदैन ।
उनलाई डार्क क्यारेक्टरहरुले निकै छुन्छ । मान्छेभित्र लुकेका पाटाहरुलाई खोतल्न एकदमै मन पराउछन उनि। ती क्यारेक्टर जो समाजिक संसारमा देखिदैनन् । रमन राघवको उनको रोल एउटा तकडा उदाहरण हो यसको । यस्ता क्यारेक्टरहरु नवाजबाट निकाल्न अनुराग कश्यप जस्ता निर्देशकहरु माहिर छन बलिउडमा ।
नवाज आफ्नो पुरानो क्यारेक्टर भत्काउने तर्खरमा हुन्छन । अर्थात उनि आफुलाई निकै प्रकारका क्यारेक्टरमा एक्सप्लोर गर्न चहान्छन । क्यारेक्टरको माग अनुसार उनि आफुलाई छोडि क्यारेक्टरमै घुस्न माहिर छन उनि । सानो होस या ठुलो । रोललाई ईमान्दारीका साथ देखाउने ध्याउन्नमा हुन्छन उनि । कति त्यो क्यारेक्टरको सच्चाई देखाउन सक्छन भन्ने कुरामा सधै ख्याल गरिरहन्छन ।
जब उनिलाई ग्यांग्स अफ वासेपुरमा फैजल खानको क्यारेक्टर अनुराग कश्यप द्वारा अफर गरियो । स्कृप्ट पढिसकेपछि त्यो क्यारेक्टर एकदमै पावरफुल लाग्यो । उनले सोचेकै थिएनन कि त्यति पावरफुल क्यारेक्टर अनुरागले उनलाई दिनेछन । उनि आफै शक्ड थिए । कहाँ , के देखेर मलाई अनुरागले यो क्यारेक्टर दिएछन खोई भनेर ?
स्कृप्ट पढ्न बितिक्कै उनलाई गाँउको याद आयो । तिन चिज निकै प्रसिद्द थियो नवाजको गाँउमा । “गहु, गन्ना और गोली ।“
स्कारफेस र गडफादरको क्यारेक्टर हुदै उनि गाँउ पुगेका थिए । उनलाई लाग्यो गडफादरको ब्रान्डो, स्कारफेसको अल प्यासिनो को क्यारेक्टर त उनले गर्न सक्छन तर त्यो गर्दा उनलाई सुहाउने छैन । तर त्यस्तै टाइपको गर्नु छ भने त्यस्ता मान्छेहरु उनको गाँउमा बस्थे । उनको गाँउका जमिन्दारहरु जुन रवाफका साथ उठ्ने बस्ने गर्थे । लाग्थ्यो कि संसार यहि हो । गाँउ भन्दा बाहिरको ज्ञान एउटा पनि हुदैन्थ्यो । तर लाग्थ्यो कि जुन तरिकाले बस्ने उठ्ने , कुराकानी गर्थे सत्य यहि नै हो भन्ने विश्वास सुन्नेलाई गराईदिन्थे । जबकि सबै झुट बोलिराको हुन्थे । अमेरिकाको कुरा गर्थे उनिहरु । “अम्रिकामा त यस्तो गर्छन, उस्तो गर्छन …कहाँ त्यस्तो ठिक हो र …” गाँउका ठालुहरु उनै हुन्थे । त्यसैले गाँउभित्र उनिहरुलाई नसुन्ने, नपत्याउने को ? गाँउबाहिर भने उनिहरुको अस्तित्व के थियो र । कुरा गर्ने, उठ्ने बस्ने रवाफ यस्तो थियो कि उनले न त कैले अन्यत्र त्यस्ता मान्छे देखेका थिए, न त कहिले देख्ने छन । त्यसैले तिनका एक एक कुराहरु खोज्न थाले । गहन तरिकाले अध्ययन गर्न थाले । भाषा लोकल नै हुन्थ्यो अरु चाँहि पुरै राजघराना । र सबै अध्ययन, अनुसन्धान ग्याङस अफ वासेपुरमा पोखे ।
जाँदाजाँदै…
उनि जति एक्टिङमा कडा छन । त्यति नै व्यक्तिगत जिवनमा नरम, ईन्नोसेन्ट छन । उनि अहिले करोडौंको मालिक छन तर पनि उनले आफ्नो विगत कहिल्यै विर्सन सकेनन् । अहिले पनि उनले गोजीमा १०-२० रुपयाँ मात्र राख्ने गर्छन ताकि त्यो पुरानो याद नबिर्सिउन । उनि आफ्नो प्रोफेसनलाई पर्सनल कुरामा ल्याउन चहाँदैनन् । उनि व्यक्तिगत जिवनमा साधारण रहन चहान्छन । किनभने उनलाई लाग्छ, जुन दिन म मेरो जरा बिर्सनेछु, मेरो अस्तित्व समाप्त हुनेछ । म हिजो जे थिए त्यसैको कारण आजको अवस्थामा छु । त्यसैले मेरी वरिजिनालीटी कहिल्यै हराउनु हुन्न भन्ने कुराम सचेत छन उनि ।
भलै अदाकारीको बेशुमार जुनुन उनिभित्र होला तर माटोलाई पनि कहिल्यै बिर्सन सकेन उनले । जब फिल्मबाट बचेको टाईममा खेती गर्न गाँउ पुगिहाल्छन । र उनको आफ्ना जिवनका उतरार्दका दिनहरुमा आफ्नै गाँउ फर्केर खेती गर्ने सोच छ ।
कुनै बेला लामो समय कामविहिन अवस्थाको कारण उनि वेपर्वाह एक्लै घुम्न निस्कन्थे टाढा-टाढा । त्यतिबेला श्रिजनशिल आईडियाहरु निकै खेलिरहन्थे । यो कुरा भने आजकल निकै मिस गर्छन नवाज ।
….
एक्टीङ फिल्डमा दुई दशक भन्दा लामो संघर्षले उनलाई आजको नवाजुद्दिन सिद्दिकी बनाएको हो । बस उनिसँग एक्टिङ बाहेक दोस्रो अप्सन थिएन । र जति नै हन्डर खानु परे नि छोडेनन उनले आफ्नो कर्म । अनि त, प्रमाणित गरिदिए ! कि फिल्म खेल्न, हिरो हुन, प्रतिभा चाहिन्छ न कि रुपरंग , हाईटफाईट !
अझै टाढा पुग्नु छ उनलाई । एकदमै टाढा ! सायद कसैले नभेटाउने गरि आसमानमा ! जर्नि टु एक्स्ट्राअर्डिनरी !!!
….
“जब तक तोडेंगे नहि तब तक छोडेंगे नहि । बहुतै लम्बा दंगल चलेगा रे तोहर हमार ।“
लोकेन्द्र बुढाको साप्ताहिक स्तम्भ ‘अक्षर हन्ट’को अघिल्लो शृंखला!