Logo

बर्दिबासमा प्रहरी र स्थानीयबीच झडप, गोली चल्दा ३ जना घाइते



Spread the love

९ मंसिर, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिकाको हत्या भएपछि तनाव बढेको छ । हत्या गरिएकी बालिकाको शव स्थानीयले नियन्त्रणमा लिएर सडक प्रदर्शन गरेपछि शवलाई आफ्नो नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर ३ जना स्थानीय घाइते भएको महोत्तरी प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णबहादुर कटवालले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको छ । बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ ।

हत्या आरोपि अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्