Logo

६ वर्षीया बालिकाको हत्या आरोपीको घरमा स्थानीयले लगाइदिए आगो



Spread the love

९ मंसिर, काठमाडौं। महोत्तरीमा आइतबार साँझदेखि बेपत्ता भएकी ६ वर्षीया बालिकाको शव बोरामा भेटिएको छ।

महोत्तरीको बर्दिबास नगरपालिका- १४ शुभम् बस्तीबाट बेपत्ता भएकी शहीद आलमकी छोरी गुलाब साह खातुनको शव सोमबार मध्यरातमा बोरामा राखेर झाडीमा फालेको अवस्थामा फेला परेको हो।

हत्याको आरोपमा प्रहरीले महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ५का २५ वर्षीय अरूणकुमार साहलाई नियन्त्रणमा लिएको छ। ती युवकले हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख प्रहरी नायब उपरीक्षक राजन चापागाईंले जानकारी दिए।

यस्तै, स्थानीयहरू आरोपीको घर तथा बर्दिवासस्थित मुख्य चोकमा प्रदर्शन गरिरहेका छन्। स्थानीयहरूले आरोपीको घरमा आगजनीसमेत गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्