Logo

निजामती कर्मचारीले निजी इन्स्टिच्युटमा पढाए कारवाही गरिने



Spread the love

काठमाडौं। सरकारले निजामती कर्मचारीलाई निजी इन्स्टिच्युटमा पढाउन बन्देज लगाएको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने र पढाउने नदिने निर्णय गरेको हो ।

मन्त्रालयले लोकसेवा आयोग लगायतको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा कर्मचारीहरू आफैं गएर तथा अनलाइन माध्यमबाट प्रशिक्षण दिन नपाउने निर्णय गरेको हो ।

कर्मचारीले कामकाज बिदाको बहाना गर्दै पढाएको पाइएमा कारवाही गर्ने पनि चेतावनी मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस्