Logo

ज्लाटनको दुई गोलमा एसि मिलान विजयी, टोरिनोमाथि इन्टर मिलानको पूनरागमन जित



Spread the love

एजेन्सी । एसी मिलानले इटालियन सिरी ‘ए’ मा नेपोलीमाथि ३–१ को सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा मिलानले २०औं मिनेटमा हर्नान्डेजको पासमा ज्लाटनको गोलबाट अग्रता लियो ।

५४औं मिनेटमा एन्टी रेविचको पासमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गरे । ६३औं मिनेटमा मेर्टिन्सले गोल गर्दै नेपोलीलाई खेलमा फर्कने संकेत दिए ।

६५औं मिनेटमा नेपोली १० खेलाडीमा समेटिएपछि खेलमा फर्कने आशा सकिएको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नेज्स पिटर हगले गोल गर्दै मिलानलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै अपराजित रहेको मिलानले ८ खेलबाट २० अंक जोडेर शीर्षस्थानमा दुई अंकको अग्रता लिन सफल भएको छ । पराजित नेपोली १४ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

त्यस्तै, सिरी ‘ए’ को अर्को खेलमा इन्टर मिलानले टोरिनोमाथि ४–२ को पूनरागमन जित निकालेको छ ।

इन्टरको पूनरागमन जितमा एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले पनि गोल थपे । टोरिनोको सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीले गरेको गोल सान्त्वना बन्यो ।

यो जितसँगै इन्टर ८ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित टोरिनो ५ अंकसहित १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्