Logo

लेस्टर सिटीलाई हराउँदै लिभरपुल उक्लियो दोस्रो स्थानमा



Spread the love

एजेन्सी। लिभरपुल इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुलले घरेलु मैदानमा गएराती लेस्टरमाथि ३–० को सानदार जित निकालेको हो ।

लिभरपुलले खेलको २१औं मिनेटमा आत्ममघाती गोलबाट अग्रता बनायो । जोनी इभान्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

४१औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई २–० को अग्रता दिलाए । ८६औं मिनेटमा जेम्स मिल्नरको पासमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३–० को सानदार जित दिलाए ।

यो जितसँगै लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानम उक्लिएको छ । लेस्टर १८ अंक जोडेर चौथो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्