७ मंसिर, काठमाडौं । कोरोनाभाइरसको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ ।
महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यान मार्फत स्वाव संकलन सुरु गरेको हो ।
चाहेरपनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यान मार्फत स्वाव संलकनको काम सुरु भएको महानगरले जनाएको छ ।
पछिल्लो समय काठमाडौ उपत्यका कोरोना संक्रमणको हट्स्पट बनेको छ ।
प्रतिक्रिया दिनुहोस्