Logo

कोरोना संक्रमण बढेपछि क्यालिफोर्नियामा लगाइयो रात्रिकालीन कर्फ्यू



Spread the love

एजेन्सी। कोरोनाभाइरस संक्रमण तिब्ररुपमा फैलिए पछि अमेरिकाको क्यालिफोर्नियामा रात्रिकालीन कर्फ्यू लगाइएको छ । डिसेम्बर २१ सम्म रहने गरी कर्फ्यू जारी गरिएको हो ।

आवश्यकता अनुसार यसलाई बढाउन सकिने त्यहाका अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्नियामा दश लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या टेक्सासपछिको धेरै हो ।

अहिलेसम्म अमेरिकामा १ करोड २४ लाख ५० भन्दा बढी संक्रमित छन् भने मृतकको संख्या २ लाख ६१ हजार ७ सय नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्