Logo

बायर्न बराबरीमा रोकियो, हालान्ड चम्कदा डर्टमन्डको सानदार



Spread the love

एजेन्सी। जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख वेर्डेर ब्रेमेनसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा गएराती बायर्न वेर्डेर ब्रेमेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको इन्ज्युरी समयमा जोसुवा सार्गेन्टको पासमा म्याक्सिमिलियन एगेस्टिनको गोलबाट बायर्न पछि परेको थियो । ६२औं मिनेटमा लियोन गोरेट्ज्काको पासमा कोमानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै बायर्न ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । ११ अंकसहित नवौं स्थानमा रहेको छ ।

शनिबार मात्रै गोल्डेन ब्वायको अवार्ड जितेका युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डको चार गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जित निकालेको छ ।

डर्टमुन्डले घरेलु टोलीमाथि ५–२ को फराकिलो जित हात पारेको हो । डर्टमुन्डको फराकिलो जितमा अर्काे एक गोल राफायल गुरेइरोले गरे । हर्थाका लागि दुवै गोल म्याथुयस कुन्हाले गरेपनि हार टार्न सकेन ।

यो जितसँगै डर्टमुन्ड ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्