Logo

रोनाल्डोको दुई गोलमा युभेन्टस विजयी



Spread the love

एजेन्सी। युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार काग्लियारीलाई हराएको छ । घरेलुु मैदानमा युभेन्टसले २-० को जित निकालेको हो ।

खेलको ३७ औं मिनेटमा मोराटाले दिएको पासलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाए । त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे ।

जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ८ खेलमा १६ अंक जोड्दा शीर्ष स्थानको एसी मिलानले ७ खेलमा १७ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्