Logo

टेलिभिजन पत्रकारले लिए भैँसीको अन्तर्वार्ता (भिडियो)



Spread the love

७ मंसिर, एजेन्सी । एक जना पत्रकारले घरपालुवा जनावर भैँसीको अन्तर्वार्ता लिएपछि चर्चा कमाएका छन् । पाकिस्तानका पत्रकार अमिन हाफिजले भैसीसँग लिएको अन्तर्वार्ता यतिबेला चर्चमा छ ।

उनले केही वर्ष पहिले नै अन्तर्वार्ता लिएको भएता पनि त्यसको चर्चा यतिबेला हुन थालेको हो ।

हाफिजले मानिसका लागि बनाइएका आकाशे पुलमा भैँसी समेत चढ्न थालेपछि सोही विषयमा अन्तर्वार्ता लिएका थिए । तर, मानिसहरू भने आकाशे पुल प्रयोग नगरेर सडकबाट नै बाटो पार गर्थे ।

पत्रकारले उक्त कार्यमा भैँसीलाई ‘आकाशे पुल कत्तिको प्रभावकारी छ?’ भन्ने प्रश्न सोधेका थिए । तर, भैँसीबाट जवाफ नआउने भएपछि हाफिजले नै भैँसीले उनीहरूलाई आकाशे पुलको भर्याङ चढ्न अहसज हुने जवाफ दिएको बताएका थिए ।

उक्त भिडियो पाकिस्तानको लाहोरस्थित मेहमूद बुटीमा खिचिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्