Logo

८१४३ पिसिआर परीक्षण गर्दा थपिए १६७४ कोरोना संक्रमित, थप ७ जनाको मृत्यु



६ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको ८१४३ पिसिआर परीक्षण देशभर १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१८६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

संक्रमणबाट नेपालमा आज ७ जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २३२३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १९३३२५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्