Logo

आइतबारबाट राजा वीरेन्द्रको श्रीसदन सर्वसाधारणका लागि खुल्ला



Spread the love

६ मंसिर, काठमाडौं। तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट सर्वसाधनका लागि खुला हुने भएको छ । आज दिउसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदनको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

कोरोनाका कारण नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै संग्राहालय पुनः खुला गरिँदै छ ।

सन् १९३९ मा तत्कालीन राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी पनि सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्