Logo

एमबाप्पेको दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी पराजित



Spread the love

एजेन्सी। पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा मोनाकोसँग पराजित भएको छ।शुक्रबार राती १० खेलाडीमा समेटिएको पीएसजीलाई घरेलु टोलीले ३–२ ले हराएको हो ।

पीएसजीले खेलको २५औं मिनेटमा एन्जल डि मारियाको पासमा केलियन एमबाप्पेको गोलबाट अगता बनायो । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । मोनाकोले खेलको ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्कियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो ।

८४औं मिनेटमा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठापछि पीएसजी १० खेलाीमा समेटिन पुग्यो । त्यसमा प्राप्त पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को जित दिलाए ।

हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

लिग वानकै अर्काे खेलमा रेनेसले बोर्डेअक्ससँग १–० को हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्