Logo

के तपाई मोबाइलबाटै आकर्षक फोटो खिच्न चाहनुहुन्छ ? यसरी खिच्नुहोस् उत्कृष्ट फोटो



Spread the love

आजभोलि आकर्षक फोटो खिच्नका लागि महँगो फोन चाहिन्छ भन्ने छैन । साधारण स्मार्टफोनबाट पनि राम्राराम्रा फोटो खिच्न सकिन्छ । त्यसका लागि तपाईंले यस्ता काम गर्नु पर्नेछ।
क्लियर फोटो निकाल्ने
यदि तपाईं क्लियर फोटो खिच्न चाहनुहुन्छ भने फोटोग्राफीको समयमा फोनलाई धेरै हलचल गराउने काम नगर्नुहोस् । यदि फोनमा स्टडी क्यामेरा मोड दिइएको छ भने त्यसको प्रयोग गर्नुहोस् ।
फोकस मिलाउनुहोस्
यदि तपाईं युनिक फोटोग्राफी गर्न चाहनुहुन्छ भने फोटोमा फोकसका लागि म्यानुअल फोकसको प्रयोग गर्नुहोस् ।
एक्सपोजर मिलाउनुहोस्
राम्रो फोटोका लागि सही मात्रामा लाइटको आवश्यकता पर्दछ । यसका लागि फोटो क्लिक गर्नु अघि एक्सपोजर मिलाउनुपर्ने हुन्छ ।
फोटो खिच्दाको समयमा स्क्रिनको बीच भागमा ट्याप गरेर औँलाले तल माथि स्वाइप गरेर एक्सपोजर मिलाउन सकिन्कछ ।
पाेट्रेट मोड
यदि तपाईं आकर्षक ब्लर ब्याकग्राउण्ड सहितको फोटो खिच्न चाहनुहुन्छ भने तपाईंले पोट्रेट मोड प्रयोग गर्न सक्नुहुन्छ ।
यसरी बनाउनुहोस् राम्रो फ्रेम
फोटोमा राम्रो फ्रेमका लागि रुल अफ थर्डको प्रयोग गर्नुपर्ने हुन्छ । यसबाट व्यवस्थित तथा सुन्दर मोबाइल फोटो प्राप्त हुनसक्दछ ।

प्रतिक्रिया दिनुहोस्