Logo

ललितपुर र काठमाडौंको प्रहरी प्रमुख फेरियो



Spread the love

५ मंसिर, काठमाडौं। ललितपुर र काठमाडौंको प्रहरी परिसर प्रमुख फेरिएका छन् । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका हुन् । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि काठमाडौंको प्रमुखमा श्याम ज्ञवाली थिए भने महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राई थिए ।

त्यस्तै, महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्