Logo

अब फेसबुकको फोटो कसैले डाउनलोड गरे सजिलै थाहा पाउन सकिने



Spread the love

फेसबुकले इन्स्टाग्राम र फेसबुकमा राइट्स म्यानेजर टुल ल्याएको छ । यसको मदतमा प्रयोगकर्ताले फेसबुक तथा इन्स्टाग्राममा रहेका कन्टेन्टका साथै फोटो र भिडियो प्रयोगलाई नियन्त्रण गर्न सकिनेछ ।

फेसबुकका अनुसार जसमा उनीहरुको कन्टेन्ट फेसबुक तथा इन्स्टाग्रामबाट कसले, कहाँ डाउनलोड गर्न पाउने वा नपाउने कुरा तय गर्न सकिनेछ । साधारण शब्दमा भन्नुपर्दा यदि फेसबुक तथा इन्स्टाग्राममा रहेको तपाईंको पोस्ट कसैले कपी गर्छ भने त्यो कुरा तपाईंलाई थाहा हुनेछ ।

प्रयोगकर्ताले आफ्ना सामग्री नियन्त्रणमा राख्नका लागि राइट्स टूलको लाइब्रेरीमा पठाउनुपर्नेछ । यदि तपाईंको पोस्टसँग मिल्ने कुनै फोटो तथा भिडियो फेसबुक वा इन्स्टाग्राममा फेला पर्छ भने तपाईं त्यसलाई पहिचान गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्