Logo

फाइजर र बायोएनटेकको खोपलाई युरोपेली निकायले स्वीकृति दिने



Spread the love

एजेन्सी। जर्मन कम्पनी फाइजर र बायोएनटेकले कोभिड १९ विरुद्ध उत्पादन गरेको खोपलाई युरोपेली तथा अमेरिकी नियामक निकायले स्वीकृत प्रदान गर्ने सम्भावना बढेको छ । मध्य डिसेम्बरसम्ममा खोपलाई अमेरिकी तथा युरोपेली निकायले स्वीकृति प्रदान गर्ने उत्पादकका प्रमुख कार्यकारीले बताए।

रोयटर्सको कुराकानीमा खोप निर्माता तथा बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै, युरोपियन युनियनले पनि केही शर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्