Logo

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्ने



Spread the love

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग (बिबिएल) होबार्ट हेरिकेन्सबाट खेल्ने भएका छन् । होबार्टले बिहीबार औपचारिक रुपमा विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हाे।

यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपलाई टोलीले सम्झौता नविकरण नगरेपछि नयाँ टोलीको खोजी गरेका थिए ।

सन्दीपले हाेबार्टबाट खेल्न पाउनु सम्मान भएकाे बताएका छन् । त्यस्तै, होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए ।

आगमी डिसेम्बर १० देखि बिग ब्यास सुरु हुने छ । बिबिएलको पहिलो खेलमा होबार्टले सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्