Logo

इटाली सेमिफाइनलमा, डेनमार्कमाथि बेल्जियमको सहज जित



Spread the love

एजेन्सी। बेल्जियमले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा डेनमार्कमाथि सहज जित निकालेको छ । हर्भेलिमा बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४–२ ले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै युरी टिलेमान्सको गोलमा बेल्जियमले खेलमा अग्रता बनायो । १७औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा जोनास वाइन्डले गोल गर्दै खेललाई फर्कायो । ।

५६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा नासिर चाड्लीले आत्मघाती गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो । त्यसको एक मिनेटपछि केभिन डि ब्रुयनले गोल गर्दै बेलिज्यमलाई ४–२ को जित दिलाए ।

जितसँगै लिग ए २ मा बेल्जियमको ६ खेलबाट १५ अंक जोडेको छ भने पराजित डेनमार्क १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।

अब इटालीले नेसन्स लिगका उपाधिका लागि स्पेन, फ्रान्स र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा इटालीको सहज जितमा एन्ड्रिया बेलोट्टी र डोमिनिको बेरार्डीले गोल गरे ।

यो जितसँगै लिग ए १ मा इटाली ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित बोस्निया २ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्