Logo

कोरोनामुक्त भए राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी



Spread the love

३ मंसिर, काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोनामुक्त भएर घर फर्किएका छन् ।

निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंगलवार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्