काठमाडौं । नेपाल क्रिकेट टोलिको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता २०२३ सम्म कायम रहने भएको छ । महामारीको रुपमा फैलिएको कोरोनाका कारण कुनै प्रतियोगिता सिरिजहरु हुन नसके पछी अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालको ओडीआई मान्यता एक वर्ष लम्ब्याएको हो ।
नेपाल क्रिकेट संघ (क्यान) को बुधबार जारी भर्चुअल वार्षिक साधारण सभाको अवसरमा नेपालको ओडीआई मान्यता एक वर्ष थप भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
सन् २०१८ मा नेपालले चार वर्षका लागि ओडीआई मान्यता पाएको थियो ।
प्रतिक्रिया दिनुहोस्