Logo

ओली र प्रचण्डको प्रस्तावमाथि १३ गते सचिवालयमा छलफल हुने



Spread the love

३ मंसिर, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक प्रस्ताव ल्याउने भएका छन् । ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमाथि छलफल गर्नेगरी सचिवालयको बैठक मंसिर १३ गतेसम्मको लागि स्थगित भएको हो ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले ओलीको प्रस्ताव आएपछि दुवै प्रस्तावमा छलफल गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारारणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्