Logo

सार्वजनिक स्थानमा खाना खान आउनेलाई काठमाडौं महानगरपालिकाले काम दिने



Spread the love

३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला ठाउँमा खाना खान आउनेलाई काम दिने भएको छ ।

काम गर्न सक्नेहरुलाई हप्ताको दुई दिन काम दिएर १४ सय रुपैयाँ दिने तयारी भइरहेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

यसैबीच, तिहारपछि खुला ठाउँमा खाना नखुवाउने सहमति भए पनि सहमति कार्यान्वयन नभएकाले अब के गर्ने भन्नेबारे छलफल गर्न महानगरपालिकाले अभियन्ताहरुलाई बोलाएको महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्