Logo

पेरुमाथि अर्जेन्टिनाको सहज जित



Spread the love

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले तेस्रो जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई उसैको मैदानमा २-० ले हराएको हो ।

खेलको १७ औं मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेटिनालाई अग्रता दिलाए । २८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

छनोट चरणमा अपराजित यात्रा कयाम राखेको अर्जेन्टिना ४ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ ।

उरुग्वेलाई २-० ले पराजित गरेको ब्राजिल १२ अंकसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्