Logo

१० खेलाडीमा समेटिएको क्रोएसियामाथि पोर्चुगलको पुनरागमन जित



Spread the love

एजेन्सी। पोर्चुगलले यूईएफए नेसन्स लिग अन्तर्गत गएराती भएको समूह ए ३ को अन्तिम खेलमा क्रोएसियालाई ३-२ ले हराएको छ । खेलमा पुनरागमन गर्दै पोर्चुगलले ३-२ जित निकालेको हो ।

खेलको २९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा क्रोएसियाले अग्रता बनायो । ५१ औं मिनेटमा क्रोएसियाका मारको रोगले दोहोरो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो । त्यसको २ मिनेट नबित्दै रुबेन डियासको गोलबाट पोर्चुगल खेल बराबर गर्न सफल रहयो ।

६१ औं मिनेटमा नै जोआओ फेलिक्सको गोलमार्फत पोर्चुगलले अग्रता लियो । तर त्यसको ४ मिनेटपछि नै कोभाचिचले खेल बराबरीमा ल्याए । निर्धारित समयको अन्तिम मिनेटमा रुबेन डियासले गोल गर्दै पोर्चुगललाई जित दिलाए ।

यस समूहको अर्को खेलमा फ्रान्सले स्विडेनमाथि ४-२ को जित निकाल्यो । फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गर्यो भने पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो ।

प्रतिक्रिया दिनुहोस्