Logo

नेसन्स लिग- जर्मनीको पोस्टमा स्पेनको आधा दर्जन गोल



Spread the love

एजेन्सी। यूईएफए नेसन्स लिग अन्तर्गत गएराती भएको समूह ए ४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को सानदार जित निकालेको छ । स्पेन जितसँगै जर्मनीलाई उछिन्दै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

१७ औं मिनेटमा फाबियन रुइजको कर्नरमा मोराटाको हेडरमार्फत स्पेनले अग्रता बनायो । ३३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा रोड्रीले गरेको फ्लिक हेडरमार्फत स्पेनले ३-० को अग्रता बनायो।

५५ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्न सफल रहे । टोरेसले ७१ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ९० औं मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले गोल गर्दै ६-० को ऐतिहासिक जित निकाल्यो ।

जितसँगै स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो ।

प्रतिक्रिया दिनुहोस्