२ मंसिर, काठमाडाैँ । बंगलादेश र नेपालको फुटबल खेल बराबरीमा समाप्त भएको छ । ‘मुजिब बोर्सो फुटबल सिरिज’ अन्तर्गत खेलिएको अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल बराबरीमा सकिएको हो ।
खेलमा घरेलु टोली बंगलादेश नेपालभन्दा केही बलियो देखिएको थियो । नेपालले मंगलबारको खेलमा जम्मा ३ गोलपोष्ट लक्षित प्रहार गरेको थियो । त्यस्तै, स्टाइकिङ तथा राम्रो काउन्टर अट्याक बनाउँन नसक्दा राम्रा देखिएका अवसरहरू खेर गएका थिए ।
खेलमा थप गरिएको समयको दोश्रो मिनेटमा नेपालका स्ट्राइकर नवयुग श्रेक्षठको हेडिङ प्रहार गोलपोष्टमा लाग्दै बाहिरिएको थियो । नेपालले खेलमा यो नै सबैभन्दा राम्रो प्रहार गरेको थियो ।
खेलमा नेपालका तर्फबाट किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास मैदानमा उत्रिएका थिए ।
शुक्रबार भएको खेलमा बंगलादेशसँग नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । सोही नतिजाका आधारमा बंगलादेश नेपालमाथि विजयी भएको हो ।